हराएको ३ तोलाभन्दा बढीको सुनको सिक्री फिर्ता पाएपछि…
भोजपुर। बाटोमा भेटिएको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिइएको छ। भोजपुर नगरपालिका–१२ का नवराज आचार्यले ३ तोला २ आना तौलको सिक्री बाटोमा भेटेका थिए। त्यसको मूल्य करिब ५ लाख ५० हजार पर्छ।
सिक्री हराएपछि प्रकाश राई र उनको परिवारले धेरै खोजी गरेको थियो। तर भेटिएन। उनीहरुकै छिमेकी आचार्यले उक्त सिक्री बाटोमा भेटेका थिए। भेटिएको सिक्री राईको भन्ने थाहा पाएर उनलाई फिर्ता दिइएको हो।
वडा कार्यालयमा कार्यक्रम आयोजना गरी उक्त सिक्री फिर्ता गरिएको वडाध्यक्ष देवीप्रसाद कार्कीले बताए। भेटिएको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिने आचार्यलाई कार्यक्रममा सम्मान गरिएको थियो।
आफूले हराएको सिक्री इमान्दारीसाथ फिर्ता दिएका आचार्यलाई राईले धन्यवाद दिएका थिए।
प्रतिक्रिया
