प्रगतिशील लेखक संघ मोरङमा नयाँ नेतृत्व

विराटनगर। प्रगतिशील लेखक सङ्घ नेपाल, मोरङ शाखाको एघारौँ जिल्ला अधिवेशन सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।

अधिवेशनले केराबारी गाउँपालिकामा रहेर साहित्य साधना गरिरहेका यज्ञराज ‘सुसेली’ को अध्यक्षतामा समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल (उर्लाबारी), सचिवमा नानुमैया दाहाल (विराटनगर), सहसचिवमा भवानीप्रसाद पोखरेल (विराटनगर), कोषाध्यक्षमा शैलेन घिमिरे ‘शैलेन्द्र’ (विराटनगर) र सदस्यहरूमा सञ्जीव तिम्सिना (उर्लाबारी), भीम कोइराला (बुढीगङ्गा), उमा गुरागाई (सुन्दरहरैँचा), यज्ञ परिश्रमी (उर्लाबारी), शारदा दाहाल भण्डारी (बेलबारी), अञ्जली कठायत (बेलबारी), दुर्गा खरेल (सुन्दरहरैँचा) र शान्ता कर्ण (विराटनगर) छन्।

संघको कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा प्रलेस मोरङका संस्थापक अध्यक्ष एकराज भट्टराई, पूर्व अध्यक्षहरू मोहन काफ्ले, भानु भण्डारी, वरिष्ठ साहित्यकारहरू हर्कमान तामाङ, मेदिनीप्रसाद बराल, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, गोपाल निर्भीक, राजेन्द्र सर्वहारा, ओम श्रमिक, शिवनारायण पण्डित सिङ्गल, कविता केसरी, राम खरेल, विमलापोख्रेल, खगिन्द्र खुसी, रमेश निरौला र दिप मङ्ग्रातीलगायतको सहभागिता थियो।

प्रदेश अध्यक्ष लेकालीले प्रगतिशील लेखक संघमा आवद्ध लेखकहरुको रचना माक्र्म्सवादी सौन्दर्य चिन्तनसँग जोडिएको लेखन भएको उल्लेख गर्दै संघमा आवद्ध लेखकहरुको कलमले समाजको अग्रगामी रुपान्तरणमा ठोस भूमिका निर्वाह गर्न सक्नु पर्ने बताइन्।

त्यस अवसरमा निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को १० वटा निबन्धहरूको सङ्ग्रह ‘विश्वमानव’ लोकार्पण गरिएको थियो। कृतिको समीक्षा साहित्यकार केशु विरहीले गरेका थिए।

अधिवेशनका सहभागीले क्यान्सरको चौथो चरणको आक्रमणसँग सङ्घर्षरत झापाका प्रगतिशील लेखक ज्ञानु बुढाथोकीलाई सहयोग पुगोस् भन्ने हेतुले उनीबाट लिखित उपन्यास ‘याङरुप’ खरिद गरेका थिए।

अधिवेशन खुल्ला सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष विदुर सुवेदीले गरेका थिए। सचिव धनजित पराजुलीले सञ्चालन गरेको कार्यक्रमपछि बन्दसत्रको सञ्चालन जेबी थुलुङ र मायामितु न्यौपानेले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *