घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ।
समायोजन अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ। यसैगरी मट्टितेलमा पनि प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ।
यसअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
