कुटपिटबाट मृत्यु, श्रीमतीसहित ५ जना पक्राउ

धनकुटा। छथर जोरपाटी गाउँपालिका–२ मा कुटपिटबाट स्थानीय ३८ वर्षीय खेमबहादुर दर्लामीको मृत्यु भएको छ।

प्रहरीका अनुसार दर्लामी बिहीबार घरबाट ५ सय मिटर पर मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले अनुसन्धान गरेको थियो। त्यस क्रममा उनको घाँटीमा डाम र शरीरमा चोटरहेको पाइएको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उनकी कान्छी श्रीमती ४४ वर्षीया जितमाया लिम्बू, १९ वर्षीय इन्द्रबहादुर तामाङ, ३२ वर्षीय चुतलाल मगर, ३१ वर्षीय दाछिरी शेर्पा र एकजना १६ वर्षीय बालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घटना शंकास्पद देखिएकाले मृतककी श्रीमतीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेहको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *