थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि, चर्च ब्वाइज उपविजेता

विराटनगर। विराटनगरमा आज बुधबार राति सम्पन्न नवौं संस्करणको विराट गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। यसअघि थ्रीस्टारले पाँचौँ संस्करणको उपाधि पनि जितेको थियो।

चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै थ्रीस्टारले दोस्रो पटक उपाधि जितेको हो।

खेलको पाँचौं मिनेटमा विजेता टिमका खेमराज श्रेष्ठ र ६३औँ मिनेटमा दीपेश घलेले गोल गरे।

उपाधि विजेता थ्रीस्टारले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *