विराटनगरमा बिहीबार ‘कलर वाकाथन’, पारस खड्का आउने
विराटनगर। विराटनगर राउण्ड टेवल–५ ले फागुन २९ गते बिहीबार ‘कलर वाकाथन’ कार्यक्रमको आयोजना गने भएको छ। युवा उद्यमी एवं क्रिकेटर पारस लुनियाको क्रिकेट क्लब कोशी किङ्सले यो कार्यक्रमलाई प्रायोजन गरेको छ।
कार्यक्रममा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको पनि सहभागिता हुने भएको छ। विराटनगर राउण्ड टेवल–५ का अध्यक्ष सीए पियुष लुनियाले बिहीबार बिहान विराटनगरको जैन भवनबाट निस्कने ‘कलर वााकथन’ मा सबै उमेर समूहका व्यक्तिहरूको सहभागिता रहने बताए।
वाकाथन नगर क्षेत्रको विभिन्न भाग परिक्रमा पछि पुनः जैन भवनमा आएर विशेष कार्यक्रम गरी समापन हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया
