मेरिङदेनमा मृत भेटिएका व्यक्तिलाई ट्रकले ठक्कर दिएको खुल्यो

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ आङचोक नेवारे खोलानजिक मृत अवस्थामा फेला परेका एक जना पुरुषलाई ट्रकले ठक्कर दिएको खुलेको छ।

४१ वर्षीय हर्कवीर लिम्बू फागुन २१ गते मृत अवस्थामा फेला परेका थिए। उनको मृत्यु के कारणले भएको भन्ने खुलेको थिएन।

प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रदेश १–०२–००१ ख ९३३४ नम्बरको ट्रकले ठक्कर दिएको पत्ता लागेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उनको मृत्यु ट्रकको ठक्करका कारण भएको खुलेको हो।

प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएका सञ्जित कामीले चलाएको ट्रकले दुर्घटना गराएको हो। दुर्घटनाबाट लिम्बूको मृत्यु भएको पत्ता लागेपछि प्रहरीले ट्रक र चालक कामीलाई सोमबार नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ।

दुर्घटना गराएपछि ट्रक लिएर चालक फरार भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *