शिक्षकद्वारा प्रशासन कार्यालय अगाडि आत्मदाह प्रयास

काठमाडौं। मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन्। आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक रहेका ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन्।

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे। बाराको पचरौता नगरपलिका–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका–२४ मा बस्दै आएका छन्।

पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ। आत्मदाह गर्ने प्रयास गर्दागर्दै सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई बचाइएको उल्लेख गर्दै अर्यालले हाल उनलाई अस्पताल पुर्याइएको जानकारी दिए। उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *