अमेरिका र क्यानाडा पठाइदिने भन्दै लाखौं ठगी

काठमाडौं। आकर्षक तलब आउने खाले रोजगारीमा लगाइदिने लोभ देखाएर क्यानाडा र अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी छन्।

अमेरिका पठाइदिन्छु भन्दै सालिकरामले १ जना पीडितबाट ५ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ। यसैगरी, क्यानाडा पठाइदिन्छु भन्दै एलिनाले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिएकी थिइन्। रकम लिएपछि दुवै सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाटै पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *