विराटनगरका प्रतीक्षा र सावित्री भए ‘गर्ल्स अन ह्वील’ विजेता
विराटनगर। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित ‘गर्ल्स अन ह्वील’ प्रतियोगितामा प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजयी बनेका छन्।
विराटनगर ‘प्राइम राउन्ट टेबल–१०’ को आयोजनामा भएको प्रतियोगितामा ‘फर्स्ट रनअप’ नम्रता शर्मा र सुजता शर्मा तथा ‘सेकेन्ड रनरअप’ मा रिंकी धनावत र स्वेता तोदी घोषित भए।
प्रतियोगिताको मुख्य विजेताद्वयले नगद ६० हजारलगायतका विभिन्न उपहार प्राप्त गरे। त्यसपछिको दोस्रो विजेताले ४० र तेस्रोमा आउनेले २५ हजार नगदसहित उपहार पाए। प्रतियोगितामा एउटा स्कुटरमा २ जना बसेर ६० वटा स्कुटर सहभागी थिए।
प्रतिक्रिया
