आर्मीलाई हराउँदै थ्रीस्टार विराट गोल्डकपको फाइनलमा

विराटनगर। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै थ्रीस्टार क्बल विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।

थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे। थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। खेलको २८ औं मिनेटमा आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए।

८१ औं मिनेटमा नवीन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे। आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए। नवयुगले खेलको ८३ औं मिनेटमा गोल गरे। दोस्रो गोल पेलान्टी सुटआउटबाट आर्मीका निरज चौधरीले गरे। आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।

थ्रीस्टारले नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच सोमबार हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *