पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्दै समर्थकद्वारा चर्का नारा
फाइल तस्बिर
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ उत्रँदा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन्।
शाह पोखराबाट आइतबार समीट एयरको विमानबाट आएर त्रिभुवन विमानस्थल उत्रिएका थिए। पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजा बजाएर बिदाइ गरेका थिए।
काठमाडौंमा विमानस्थल अगाडि समर्थकहरू भेला भएर राज संस्थाको पक्षमा नारा लगाएका थिए। उनीहरुले सरकारका विरुद्ध पनि चर्का नारा लगाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका नेता–कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्। विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए।
यसैबीच, अप्रिय घटना नहोस् भनेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया
