विराट गोल्डकपमा अन्तिम ४ टिमः चर्च ब्वाइज, पुलिस, आर्मी र थ्रीस्टार

विराटनगर। विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार रातिको खेलबाट विजेताको छिनोफानो भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो।

फाइनल प्रवेशका लागि अब चर्च ब्वाइज र नेपाल पुलिस तथा त्रिभुवन आर्मी र थ्रीस्टारबीच खेल हुनेछ।

शनिबार राति शहीद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो।

यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी र थ्रीस्टारबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइजले सोमबार पुलिसको सामना गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *