बाल सुधारगृहमा झडप हुँदा ३ जना घाइते

विराटनगर। विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा शुक्रबार राति दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन्। झडपको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

सुधारगृहका प्रमुख मिलन चौहानले घाइते भएकालाई अस्पताल भर्ना गरिएको जानकारी दिए। घाइतेहरु २ जना पाँचथर र १ जना सुनसरीका छन्। उनीहरु सबै २२ वर्षका हुन्।

कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राख्ने गरिएको छ। बालक छँदै सुधारगृहमा राखिएकाहरु अहिले युवा भइसकेका छन्।

घटनाको अनुसन्धानमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वमा टोली खटिएको छ।

सुधारगृहको क्षमता ५० जनाको भए पनि २ सय ४९ जनालाई राखिएको छ। सुधारगृहका प्रमुख चौहानले क्षमताभन्दा धेरैलाई राख्नु पर्दा समस्या बढेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *