पुलिसले एपीएफलाई हरायो

विराटनगर। विराट गोल्डकप अन्तर्गत आज बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरेको छ। सहिद रंगशालामा भएको खेलमा पुलिसले २–० गोलले एपीएफलाई हराएको हो।

पुलिसका लागि मनिष सेढाइ र अरुण गाहाले गोल गरे। सेढाइ आजको खेलको म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए।

जितसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफ यो प्रतियोगिताको पूर्व उपाधि विजेता टिम हो। पुलिस पनि यस अघिको उपाधि विजेता टिम हो।

एपीएफले छैठौं संस्करणको फाइनलमा भारतको पञ्जाब पुलिसलाई १– ० ले हराउँदै उपाधि जितेको थियो। यस्तै, पुलिसल तेस्रो संस्करण फाइनलमा झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।

शुक्रबारको खेल मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टारबीच हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *