सिटी सफारी दुर्घटनामा बालिकाको मृत्यृ, ५ जना घाइते

सुनसरी। सुनसरीको बराहक्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन्। बराहक्षेत्र नगरपालिका–५ मैनवारीमा बुधबार साँझ दुर्घटना भएको हो।

मैनवारीबाट चक्रघट्टी जाँदै गरेको प्रदेश १–०२–००४ ह १९८२ नम्बरको सफारी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा बराहक्षेत्र नगरपालिका–८ की ९ वर्षीया बविता सुवेदीको मृत्यु भएको छ।

दुर्घटनामा मृतक बालिकाका बुवा ५५ वर्षीय राजन सुवेदी, सफारी चालक बराहक्षेत्र–८ का ३५ वर्षीय राजेन्द्र पौडेल, २५ वर्षीया मनिषा खतिवडा, मनिषकी छोरी १ वर्षीया आस्मी खतिवडा र मोरङको बेलबारी नगरपालिका–१ की २५ वर्षीया प्रमिला थापा घाइते भएका छन्।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *