विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन धमाधम

विराटनगर। विराटनगर महानगरपालिका–४ स्थित विमानस्थललाई व्यवस्थित गर्न नयाँ टर्मिनल भवन धमाधम बनिरहेको छ। भवनको शिलान्याश दुई वर्षअघि गरिएको थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए। २०८२ मंसिरसम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले निर्माण कार्या करिब ५० प्रतिशत सकिएको जनाएका छन्। तीन अर्ब १२ करोड रुपैयाँको लागतमा बनिरहेको भवनमा भवनको संरचना प्रतिघण्टा ५५० जना यात्रु बस्ने क्षमताको हुने जनाइएको छ। यात्रुका लागि १७ वटा ‘चेक इन काउन्टर’ रहने छन्।

यसैगरी, अति विशिष्ट कक्ष, विशिष्ट कक्ष, बालबालिकाका लागि खेल्ने स्थल, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा पसलहरु समेत रहने जनाइएको छ।

तीन तले उक्त भवनमा चारवटा लिफ्ट र चारवटा स्केलेटर राखिने भएको छ। विराटनगर नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी युवराज अधिकारीका अनुसार हाल विमानस्थलबाट दैनिक दुई हजार यात्रु आउजाउ गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *