अमेरिकाबाट निष्कासनमा परेका १० जना नेपाली आउँदै

काठमाडौं। अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जना आज बुधबार काठमाडौं आइपुग्ने भएको छ। उनीहरुलाई लिएर अमेरिकी चार्टर जहाज आउने भएको हो।

अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ। उनीहरुको नाम, ठेगाना भने खुलाइएको छैन।

ट्रम्पको कार्यकारी आदेशपछि यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए।

तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो, तर उनीहरूलाई पानामा पुर्‍याउनुको कारण खुल्न सकेको छैन।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ। यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *