मोरङ र आर्मी आमनेसामने हुँदै
विराटनगर। विराट गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मोरङ एफएबीच खेल हुँदैछ। प्रतियोगिता अन्तर्गत यो तेस्रो खेल हो।
विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेपछि खेल सुरु हुने छ। सोमबार भएको उद्घाटन खेलमा मोरङले भारतको साउथर्न समिति कोलकातालाई ३–२ गोलले पराजित गरेको थियो।
मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ क्वार्टर फाइनलमा प्रवेश गरेको थियो।
प्रतिक्रिया
