साउनदेखि सबै प्रदेशमा सवारी लाइसेन्स छापिने

काठमाडौं। आगामी नयाँ वर्षको साउन १ गतेदेखि सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएको छ। यसका लागि यातायात व्यवस्था विभागले वैशाख १ देखि प्रदेशलाई छपाईको काम हस्तान्तरण गर्दै जाने जनाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमतिपत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले ‘राइड शेयरिङ’ ्लाई व्यवस्थित गर्न र प्रदेशहरूबीच नीतिगत समन्वय गरी एकरुपता गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागू गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *