एपीएफद्वारा भारतको मदर टेरेसा एफसीलाई १४ गोल

इलाम। इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको आज मंगलबार भएको खेलमा एपीएफले भारत, युपीको मदर टेरेसा फुटबल क्लबलाई एकका विरुद्ध १४ गोल गरेको छ। जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ।

मदर टेरेसाको पक्षमा एकमात्र गोल रह्यो। एपीएफले अब सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ।

खेल सुरु हुनासाथ एपीएफले विपक्षीलाई निकै दबाबमा राखेको थियो। पहिलो हाफको छैटौं मिनेटमा अनिता बस्नेतको पासलाई सदुपयोग गर्दै अनिता केसीले पहिलो गोल गरिन्।

खेलको १२ औ मिनेटमा मदर टेरेसाको तर्फबाट प्रतीज्ञा क्षेत्रीले गोल गरिन्। एपीएफले पहिलो हाफमा नै ६ गोल गरेको थियो। एपीएफकी रश्मि कुमारी घिसिङले दोस्रो हाफमा थप ४ गरिन्। कप्तान अनिता बस्नेतले दोस्रो हाफमा थप २ गोल गर्दै व्यक्तिगत ५ गोल गरिन्। दोस्रो हाफको २५ औ मिनेटमा एपीएफकी डिफेन्स मनमाया दमाईले थप एक गोल गरिन्।

अन्तिम समयमा कुसुम खतिवडाले गोल गर्दै अग्रता फराकिलो पारिन्। आजको खेलको वुमन अफ द डे एपीएफकी रश्मिकुमारी घिसिङ घोषित भइन्। उनले नगद ५ हजारसहित ट्रफी पाइन्।

एपीएफको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा विभागीय टोलीहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ र आयोजक सेमिफाइनल पुगिसकेका छन्। भोलि बुधबार पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलाम र विभागीय टोली त्रिभुवन आर्मीबीच खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *