विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
विराटनगर। लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्। सोमबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
भारत बिहारको अररिया थाना फारबिसगन्ज–७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय साइनम गुरुङ र मोरङको लेटाङ नगरपालिका–३ का ४० वर्षीय नवीन तामाङलाई पक्राउ गरिएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका उनीहरुलाई शंका लागेर जाँच गर्दा खैरो हेरोइनजस्तो देखिने वस्तु ४०.१४ ग्राम बरामद भएको थियो।
तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मद्दा चलाइने भएको छ।
प्रतिक्रिया
