विराट गोल्डकप : एएफपी र सुभेदा दिल्ली भिड्दै

विराटनगर। विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज मंगलबार सशस्त्र प्रहरीबल एएफपी र सुभेदा दिल्ली फुटबल क्लब भिड्दै छन्।

यसअघि हिजो भएको उद्घाटन खेलमा भारतको साउथर्न समिति कोलकातालाई पराजित गर्दै मोरङ फुटबल क्लब विजयी भएको थियो। कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको प्रतियोगितामा २ भारतीयसहित १० वटा टोलीको सहभागिता छ।

खेल हेर्नका लागि टिकटदर २ सय रूपैयाँ तोकिएको छ। गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन्। पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वाेकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *