विराट गोल्डकप : मोरङसँग कोलकाता पराजित

विराटनगर। विराट गोल्डकप फुटबल प्रतियोगिताको सोमबार राति भएको उद्घाटन खेलमा आयोजक मोरङ फुटबल क्लब विजयी भएको छ। पाहुना टोली भारतको साउथर्न समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

विराटनगरको सहिद रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीमाथि आयोजकले संघर्षपूर्ण जित निकालेको छ। आयोजक मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए।

साउथर्न समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो। कोलकाताका सुदीप्ता हाल्देनले फ्री किकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ३४ मिनेटमा कोलकाताले अग्रता बनायो।

कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो। ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दोर्जे तामाङले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो।

मध्यान्तरपछिको ८९ मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरेका हुन्। जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वार्टर फाइलनमा प्रवेश गरेको छ।

खेलको म्यान अफ दी म्याच मोरङका मौसम लिम्बू घोषित भए। मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *