मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सुनसरी। सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार सुनसरीको चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *