विराट गोल्डकप : उद्घाटन खेलमा भारतको साउदर्न र मोरङ भिड्दै

विराटनगर। विराटनगरको सहिद रंगशालामा आज सोमबार विराट गोल्डकप फुटबल सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा ‘रिजालको मोरङ एफसी’ र भारत, कोलकाताको साउदर्न समिति फुटबल क्बलबीच प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा २ भारतीयसहित १० वटा टोलीको सहभागिता रहने छ। ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो।

खेल हेर्नका लागि टिकटदर २ सय रूपैयाँ तोकिएको छ। गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन्। पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वाेकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *