भोलिदेखि सुरु हुँदै विराट गोल्डकप, १० टिम सहभागी
विराटनगर। विराट गोल्डकप सोमबारबाट सुरु हुँदैछ। यसको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुने तय भएको छ।
‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए।
सोमबार हुने उद्घाटन खेलमा ‘रिजालको मोरङ एफसी’ र साउदर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन्।
गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च अनुमान गरिएको छ। प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद सहित ट्रफी प्रदान गरिने छ।
यसैगरी, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने जनाइएको छ। हरेक खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ५१ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ।
