पुल बनाउन खटिएका कामदारको सुतेकै ठाउँमा मृत्यु
इलाम। पुल निर्माणमा खटिएका एक जना कामदार सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। उदयपुर घर भएका २४ वर्षीय सविन खड्का सुतेकै ठाउँमा मृत भेटिएको प्रहरीले जनाएको छ।
रोङ गाउँपालिका–३ काजीटारमा उनी पुल बनाउने काममा खटिएका थिए। उनी पुल निर्माणस्थल नजिकै बनाइएको कटेरामा सुतेका थिए। त्यहीँ उनले शनिबार मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।
साथी नेपालसिंह कुरुम्बाङले बोलाउँदा नबोलेपछि बाहिर निस्केर हेर्दा कटेरोको ढोका अगाडि खड्का मृत फेला परेका थिए। उनको मृत्युको यकिन कारण खुलेको छैन। अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रतिक्रिया
