वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटना : १ जनाको मृत्यु

विराटनगर। महानगरपालिकाको वडा ७ का सदस्यले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो। हाटखोलास्थित भित्री सडकछेउ रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा उक्त स्कुटर ठोक्किएको थियो।

फागुन ११ गते रातिको घटनामा चालक लामिछाने र पछाडि बसेका स्थानीय ५० वर्षीय किरण तिवारी घाइते भएका थिए। न्युरो अस्पतालमा उपचार हुँदै गर्दा आज आइतबार बिहान तिवारीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ। परीक्षणका क्रममा उनले मापसे गरेर स्कुटर चलाएको खुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *