घरको पूजा कोठाभित्र गाडेको भेटियो महिलाको शव

धनुषा। घरभित्र पूजा कोठामा गाडेको अवस्थामा शनिबार एक जना महिलाको शव फेला परेको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव त्यस्तो अवस्थामा फेला परेको हो।

उनका श्रीमान् हरेराम यादव १० महिने छोरीसहित सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। सुरुमा उनीहरु सबै बेपत्ता भएको भन्ने खबर फैलिएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान र खोजी थालेको थियो। त्यस क्रममा घरभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताए।

हरेराम बेपत्ता भएकाले उनैले अञ्जलीको हत्या गरेर गाडेको हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। हरेरामको खोजी पनि थालिएको छ।

गत शनिबार हरेराम र अञ्जलीबीच विवाद भएको पाइएको थियो। भोलिपल्टदेखि श्रीमती बेपत्ता भएकी थिइन्। हरेराम भने मंगलबारदेखि सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *