‘नो केबलकार’ मा सैद्धान्तिक सहमति छैनः कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए।

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनको भनाइ छ।

बैठकमा निर्वाचनसम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका विषयमा छलफल भएको थियो। यसैगरी, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका बारेमा पनि बैठकमा छलफल भएको नेता घिमिरेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *