‘आजको भूकम्प नयाँ होइन, परकम्प’

काठमाडौं। आज बिहान गएको भूकम्प नयाँ नभइ परकम्प भएको विज्ञले बताएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताए।

आजको भूकम्प २०७२ वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्प भएको अधिकारीको भनाइ छ। उनले भने, ‘यो कुनै नयाँ किसिमको भूकम्प होइन। २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो।’

यसैबीच, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिएका छन्।

दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको उनले जानकारी दिए। उनका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीको हात भाँचिएर उनको उपचार भइरहेको छ।

बिहानको राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *