माईमा भएको दुर्घटनामा २९ घाइते, अधिकांश बालबालिका
इलाम। इलामको माई नगरपालिका–१ मा बिहीबार दिउँसो भएको पिकअप गाडी दुर्घटनामा घाइते भएकाहरुको नाम सार्वजनिक गरिएको छ। उक्त दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइते हुनेमा अधिकांश बालबालिका छन्।
उपचाररत घाइतेहरुको अवस्था सामान्य छ। प्रहरीका अनुसार महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नम्बरको पिकअप गाडी दुर्घटनामा परेको हो।
ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्था र झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा पिकअप चालक माई नगरपालिका–४ का २७ वर्षीय लेखनाथ सेन्चुरी, माई– ७ का ३० वर्षीय खगेन्द्र मगर, १४ वर्षीया मेनुका मगर, १६ वर्षीया कञ्चन मगर, १४ वर्षीया लीला थापा, ८ वर्षीया रवि मगर, १५ वर्षीय फुर्तीमान मगर, ५२ वर्षीय तोपबहादुर मगर, ३६ वर्षीया पवित्रा मगर, ६० वर्षीया चाँदनी मगर, २५ वर्षीया गीता मगर, १० वर्षीया काजल तामाङ र १२ वर्षीय मन्दीप मगर घाइते भएका छन्।
अन्य घाइतेमा १५ वर्षीय बलबहादुर मगर, ११ वर्षीया सिम्रन गिरी, ३७ वर्षीय चन्द्रबहादुर थापामगर, ८ वर्षीय दिवश मगर, १० वर्षीया लक्ष्मी परियार, १४ वर्षीया शुभेक्षा मगर, १५ वर्षीया नवीना कुमाल, १६ वर्षीया समीक्षा मगर, १६ वर्षीय दिलिप मगर, ८ वर्षीया काव्या तामाङ, ३७ वर्षीय धनबहादुर तामाङ, ११ वर्षीया रजिना परियार, १४ वर्षीय राजीव परियार, १३ वर्षीय सनम राई, १४ वर्षीया आयुषा मगर र सन्तोष राई छन्।
