भूकम्पपछि सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो

काठमाडौं। शुक्रबार बिहानैको भूकम्पपछि सिन्धुपाल्चोकमा पहिरो खसेको छ। कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित दुगुनागढीमा पहिरो खसेको छ। प्रहरी टोलीलाई त्यसतर्फ परिचालन गरी विस्तृत बुझ्ने प्रयास भइरहेको जिल्ला प्रशासनले जनाएको छ।

सिन्धुपाल्चोकका विभिन्न पालिकामा रहेका प्रहरी इकाइहरूले भूकम्पबाट कतै केही क्षति भए, नभएकोबारे विवरण संकलन गरिरहेको प्रशासन कार्यालयले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ।

आज शुक्रबार बिहान २ बजेर ५१ मिनट जाँदा भूकम्प गएको थियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ। शक्तिशाली भूकम्पको कारण काठमाडौ उपत्यकासहित देशका विभिन्न भागमा धक्का महसुस गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *