इलामको दानाबारीमा गाडी दुर्घटना, २२ घाइते

इलाम। दक्षिणी इलामको माई नगरपालिका–१ पालटार माईखोला पुलनजिकै पिकअप आज बिहीबार दिउँसो गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। अनियन्त्रित भइ गोलाईमा गाडी पल्टिएको हो। घाइतेमध्ये केहीलाई झापाको बिर्तामोड लगिएको छ।

अन्य घाइतेहरुको माई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महमाईमा आयोजित नेपाल मगर संघको कार्यक्रमबाट दानाबारीतर्फ फर्किरहेका यात्रु चढेको प्रदेश १-०२,००२ च ४१९२ नम्बरको पिकअप गाडी दुर्घटनामा परेको हो।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रथम महाधिवेशन भएको ४० वर्ष पूरा भएर ४१ औं वर्षमा प्रवेश गरेको अवसरमा मगर संघले कार्यक्रम आयोजना गरेको थियो। प्रथम महाधिवेशन भएको २०३९ फागुन १५ लाई मगर दिवस, मगर संघको स्थापना दिवसका रुपमा मनाइँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *