महालक्ष्मीको खोल्सामा वृद्ध मृत अवस्थामा भेटिए
सांकेतिक तस्बिर
धनकुटा। महालक्ष्मी नगरपालिका–५ मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। ज्यामिरेका ७० वर्षीय भक्तबहादुर बस्नेत बुधबार खोल्सामा मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थलतर्फ गएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला अस्पताल ल्याएको छ।
शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने भएको छ। घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
