दुर्लभ वन्यजन्तु रेडपाण्डाबारे पुस्तक
इलाम। दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा) बारे जानकारीमूलक पुस्तक ‘नेपालमा हाब्रे’ सार्वजनिक गरिएको छ। पत्रकार गिरिराज बाँस्कोटाको सम्पादन रहेको उक्त पुस्तक शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश सरकारको वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङ्फुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मी लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
उक्त पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीपज्योति युवा क्लबले प्रकाशन गरेको हो। पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन्।
पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सीताराम गुरागाईं, विप्लव भट्टराई, भीम चापागाईं, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख समेटिएको छ।

