ताप्लेजुङमा फेरि झडप
ताप्लेजुङ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ र प्रहरीबीच सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ। काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेको थियो।
त्यस क्रममा वीरेन्द्रचोकमा प्रहरीसँग झडप भएको हो। झडप परी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन्। काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने बताएका थिए।
आन्दोलनकारीले केही सातायता केबलकार निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप हुँदै आएको छ।
प्रतिक्रिया
