ताप्लेजुङमा राजेन्द्र महतोलाई कालोझन्डा देखाएर विरोध

ताप्लेजुङ। ‘नो केबलकार समूह’ को आन्दोलनमा सहभागी हुन आएका राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोलाई ‘यस केबलकार समूह’ ले फुङलिङको बुद्धचोकमा कालो झन्डा देखाएर विरोध गरेको छ।

विरोधका बीच उनलाई सुरक्षाकर्मीको टोलीले स्कर्टिङ गरेको थियो। फागुन ७ गते ताप्लेजुङ आएका महतो ८ गते बिहान ‘नो केबलकार समूह’ द्वारा आयोजित पदयात्रामा सहभागी हुन काफ्लेपाटी पुगेका थिए।

त्यही दिन साँझ केबलकार निर्माणस्थलमा भएको झडप र बन्दका कारण उनी त्यहीँ रोकिएका थिए। शनिबार दिउँसो महतो आन्दोलनरत समूहसँगै फर्किएका हुन्।

गत फागनु ८ गतेको विरोध र सम्भावित जोखिमलाई दृष्टिगत गरी सुरक्षा अधिकारीले केबलकार निर्माणस्थलमा प्रयोग गरिने एक्स्काभेटर मेसिन काफ्लेपाटीमा ल्याएको थियो।

बिहीबारको झडपको क्रममा रेडक्रसकर्मी र इन्सेक प्रतिनिधिले घाइते लिन सदरमुकामबाट लगेको गाडी आन्दोलनकारीले तोडफोड गरेका थिए। उनीहरुले चालकलाई कुटपिट समेत गरेका थिए।

त्यसको विरोधमा यातायात व्यवसायीले शुक्रबार यातायात बन्द गराएका थिए । आन्दोलनकारीले घाइतेको उपचार गर्ने र तोडफोड भएको सवारी मर्मत गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार बेलुका यातायात खुलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *