संखुवासभाले जित्यो प्रदेशस्तरीय भलिबलको उपाधि

विराटनगर। मोरङको उर्लाबारीमा सम्पन्न प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन भलिबल टिमले जितेको छ। उर्लाबारी युवा क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा संखुवासभाले आयोजक टोलीलाई ३०–२८, २५–२१, २५–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै संखुवासभाले १ लाख १ सय ११ र उपविजेता उर्लाबारीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई उर्लाबारीका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापा, आयोजक क्लबका अध्यक्ष रोहित थापालागयतले पुरस्कार प्रदान गरेका थिए।

समापनका अवसरमा पूर्व राष्ट्रिय खेलाडीद्वय वीरबल थापा र वम डाँगीलाई ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो। प्रतियोगितामा कोशी प्रदेशका ११ वटा टोलीको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *