हाँसपोखरी दुर्घटनाका घाइते बाबु छोराको मृत्यु

इलाम। रोङ गाउँपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बाबु छोराको शुक्रबार राति मृत्यु भएको छ।

प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३ हाँसपोखरीमा को १ ख ६४६२ नम्बरको टिपरले प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। इलामबाट झापातर्फ गइरहेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सूर्याेदय नगरपालिका–६ का ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुवा अन्दाजी ७० वर्षीय पवनकुमार राई मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

ठक्करपछि गम्भीर घाइते दुवैलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनीहरुको राति ८ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक इलामको माईजोगमाई गाउँपालिका–२ शान्ति चोकका अन्दाजी ३० वर्षीय खगेन्द्र थामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *