विराटनगरमा शनिबार नगरस्तरीय तेक्वान्दो

विराटनगर। विराटनगर महानगरपालिका–५ स्थित जामुनगाछीमा शनिबार प्रथम फ्युजन नगरस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ फ्युजन तेक्वान्दो एकेडेमीले प्रतियोगिता आयोजना गर्ने भएको हो।

एकेडेमीकी अध्यक्ष सिरु सत्याल बुढाथोकीका अनुसार खेलाडीले नियमित अभ्यास गरेर मात्रै निखारपन नआउने भएको हुँदो विभिन्न डोजाङ र विद्यालयका खेलाडीबीच प्रतिस्पर्धा गराउने माध्यम प्रतियोगिता भएकाले प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका खेलाडीहरूको सहभागिता हुने जनाइएको छ। प्रतियोगितामा पुम्से र ग्यारोगीका ३३ इभेन्टमा २ सय बढी जना पुरुष र महिला खेलाडीको सहभागिता हुनेछ आयोजकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *