जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा सिकिस्त

पोखरा। जिपले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । उनका छोरा गम्भीर घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जना चोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग ३ च ८९७७ नम्बरको जीपले बिहीबार ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी पोखरा–११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनका २६ वर्षीय छोरा मनोज गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जीप चालक, स्याङ्जा हरिनाश गाउँपालिका–१ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *