प्रहरीमा खुल्यो ३९३ जनाका लागि जागिर

काठमाडौं। नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। सूचना प्रकाशित गर्दै प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ।

प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना जनशक्ति आवश्यक परेको सूचनामा जनाइएको छ। महिला, पुरुष, दलित, मधेसी, आदिवासी जनजाति, पिछडिएको क्षेत्र लगायत कोटासहित दरखास्त आह्वान गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *