विराटनगरमा विष्णु माझी अन्तर स्कुल क्रिकेट सुरू
विराटनगर। जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश हो। टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो। अर्किडका लागि अभय कामतले ४० रन बनाउँदा प्रेम कामतले ३६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट लिए।
१ सय ७८ रनको लक्ष्य पछ्याएको विनायकले १४ औं ओभरमा सवै विकेट गुमाई ८५ रनमा सीमित भयो। विनायकका प्रनेश गुरुङले सर्वाधिक २१ रनको योगदान दिए। अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले ४ विकेट लिए।
दोस्रो खेलमा ग्रिनपिस स्कुलले सत्यनारायण स्कुललाई ४७ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रन बनाएको थियो। ग्रिनपिसका लागि मुर्सिद आलमले सर्वाधिक ४० रनको योगदान दिए। सत्यनारायणका शत्रुधन चौधरीले २ विकेट लिए।
१ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यनारायणले १५ ओभरमा सवै विकेट गुमाई ८५ रनमा सीमित भयो। सत्यनारायणका साइमन कामतले सर्वाधिक २० रनको योगदान दिए। ग्रिनपिसका प्लेयर अफ म्याच मिराज शेख र सद्धाम आलमले ३–३ विकेट लिए।
