दक्षिण एसियाली एथ्लेटिक्समा नेपालका ५ खेलाडी

काठमाडौं। पाकिस्तानमा हुने दक्षिण एसियाली ‘एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनसिप’ मा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन्। नेपालका पाँच जना खेलाडीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन्।

फागुन ११ गते पाकिस्तानको इस्लामावादमा हुने प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच जना पुरुष खेलाडीले भाग लिने भएका हुन्। प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली आज पाकिस्तान जाने भएको छ।

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठ तथा जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन्। सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *