पाँचथरको फाल्गुनन्द-३ का वडाध्यक्षको निधन
पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुखवीर नेम्वाङको बुधबार निधन भएको छ। ५६ वर्षीय नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए।
२०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए। उनलाई मुखको क्यान्सर भएको थियो। त्यही रोगका कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बता ।
लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएको थियो। त्यसपछि उनी घरैमा बस्दै आएका थिए।
यसैबीच, पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद तथा पूर्वमन्त्री इन्द्र आङ्बोले नेम्बाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया
