शल्यक्रिया गरेका बिरामीका लागि कोशी अस्पतालमा बेग्लै वार्ड

विराटनगर। विराटनगरको कोशी अस्पतालमा शल्यक्रिया गरिएका बिरामीलाई राख्न ‘पोष्ट अपरेटिभ वार्डझ् सञ्चालन गरिएको छ।

उक्त वार्डमा ५ शैय्या राखिएको छ। अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालन गरिएकोे अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झाले बताइन्।

यसअघि शल्यक्रियापछि बिरामीलाई आईसीयू वा अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो।

कोशी अस्पतालमा भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पताल प्रशासनका अनुसार दैनिक १ हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *