एमसीसी परियोजना स्थगित

काठमाडौं। नेपालमा कार्यान्वयनमा रहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना स्थगित गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार परियोजना स्थगित भएको इमेल नेपाल सरकारलाई यही फागुन २ गते प्राप्त भएको छ। नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशअनुसार सम्झौताअन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप ९० दिनका लागि स्थगित भएको हो। अर्थ मन्त्रालयका अनुसार यस विषयमा अमेरिकाले पछि थप निर्णय लिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *