त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी कर्मचारी माग

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायका लागि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ। शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो।

आयोगले आज मंगलबार एक सूचना जारी गरी आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो। प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरिएको जनाइएको छ।

आवेदन दिन अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने जनाइएको छ।

आयोगले चैत ११ गतेसम्म तोकिएको दस्तुरमा आवेदन दिन सकिने तथा चैत १८ गतेसम्म दोब्बर दस्तुरमा आयोगको बेवसाइटबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *